-
इटहरी । अबिरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभाले डिल्लीप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । साधारणसभाले संस्थाको भावी रणनीति, सदस्य सेवा विस्तार र वित्तीय सुदृढीकरणका विषयमा पनि महत्वपूर्ण निर्णयहरू गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा संजीव घिमिरे, सचिवमा सुरेश सुवेदी तथा सदस्यहरूमा रुद्र कठायत, गोपाल तामाङ, लक्ष्मी खड्का, कर्ण दाहाल, रतनकुमार साह र मोहन सुवेदी चयन भएका छन्। यसैगरी लेखा समितिको संयोजकमा अच्युत न्यौपाने तथा सदस्यमा मदन खतिवडा र कुलबहादुर निरौला (खत्री) चयन भएका छन्। निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत गोकुल थापाले सपथ ग्रहण गराएका थिए ।
कुवेर बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा ज्येष्ठ नागरिक नरमाया पराजुलीलाई दोसल्ला, सम्मानपत्र तथा नगद सहित सम्मान गरिएको थियो । साथै उत्कृष्ट विद्यार्थी सन्देशराज आचार्य, असल कारोबार गर्ने उत्कृष्ट व्यवसायी राजेश राय, दैनिक बचतकर्ता करिष्मा भण्डारी, नियमित बचतकर्ता गणेशबहादुर खड्का तथा उत्कृष्ट बाल बचतकर्ता नुनुस्का घिमिरेलाई पनि नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । सोही अवसरमा संस्थामा कार्यरत कर्मचारीहरूलाई उत्कृष्ट सेवाका लागि पुरस्कृत गरिएको थियो ।

अध्यक्ष तथा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बरालले २०६७ सालमा २६ जना सदस्यबाट सुरु भएको सहकारी हाल १ हजार ११ जना शेयर सदस्य पुगेको जानकारी दिए। उनले सहकारीको निरन्तर वृद्धि, पारदर्शी वित्तीय व्यवस्थापन र सदस्य–मैत्री सेवाका कारण संस्थाप्रति विश्वास बढेको बताए ।
नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी आर्थिक वर्षमा साधारणसभाबाट स्वीकृत योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै “एक सदस्य, एक नयाँ सदस्य” अभियानमार्फत शेयर सदस्य संख्या १ हजार ५ सय पु¥याउने लक्ष्य रहेको बताए ।
उनले बचत संकलन वृद्धि, कर्जा प्रवाहलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्ने र १६औँ साधारणसभासम्म शेयर सदस्यलाई आकर्षक बोनस वितरण गर्ने उद्देश्य रहेको भण्डारीले बताए ।
News Desk 0 response शुक्रबार, पुस २५, २०८२
स्सथामा आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाको शेयर पूँजी १ करोड ६६ लाख ३७ हजार २०० रुपैयाँ पुगेको छ भने कुल निक्षेप ४ करोड ११ लाख १९ हजार ९९३ रुपैयाँ ५८ पैसा पुगेको छ । सोही अवधिमा संस्थाले ५८ लाख ६ हजार ९७५ रुपैयाँ २० पैसा ब्याज आम्दानी गर्दै ७ लाख ५७ हजार ६५३ रुपैयाँ शुद्ध बचत नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा संस्थापक अध्यक्ष विक्रम घिमिरे, सल्लाहकार विश्वप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३





