-
इटहरी । मिड–साइज मोटरसाइकल सेग्मेन्टमा विश्वव्यापी रूपमा अग्रणी कम्पनी रोयल इन्फिल्डले नेपालमा २०२६ एडिसन ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ ।
बुधवार रोयल मोटर्स इटहरी,धरान,विराटनगर र विर्तामोडमा एकै साथ सार्वजनिक गरिएको हो ।
बोबर–प्रेरित डिजाइनमा तयार पारिएको यो मोटरसाइकलले स्वतन्त्र र मुक्त जीवनशैलीको झल्को दिनुका साथै राइडर–केन्द्रित नयाँ सुविधासहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
सर्वजनिक कार्यक्रममा रोयल मोटर्स इटहरीकी डाइरेक्टर श्रदा पराजुली र खरिद कर्ता सरिता चौधरीले संयुक्तरुपमा सार्वजनिक गरेका थिए ।
नयाँ मोडलमा ३४९ सीसीको एयर–अयल कूल्ड सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले ६हजार एक सय आरपीएममा २०.२ बीएचपी शक्ति र ४,हजार आरपीएममा २७ एनएम टर्क उत्पादन गर्ने क्षमता भएको । इन्जिनलाई बोबर शैलीअनुसार स्मूथ र आरामदायी राइडिङ अनुभव दिने गरी विशेष रूपमा ट्युन गरिएको छ ।
५–स्पिड गियर बक्सले सहरको भीडभाड देखि खुला राजमार्ग सम्म सहज र सन्तुलित यात्रा सुनिश्चित गर्छ।
यस मोटरसाइकलमा असिस्ट एन्ड स्लिपर क्लच, युएसबी टाइप–सी चार्जिङ पोर्ट तथा डाउनसिफ्ट गर्दा राम्रो नियन्त्रण दिने प्रणाली जस्ता आधुनिक सुविधा समावेश गरिएको छ।
यी सुविधाले राइडरलाई थप सुरक्षित, सहज र आरामदायी अनुभव दिने विश्वास कम्पनीको छ।
डिजाइनतर्फ ‘गोवन क्लासिक ३५०’ ले आफ्नो सिग्नेचर सिंगल–सिट बोबर स्टाइललाई कायम राखेको छ। फ्लोटिङ राइडर सिट, ह्वाइटवाल किनार भएको एलुमिनियम ट्युबलेस स्पोक ह्विल, चपर–स्टाइल फेन्डर, स्ल्यास–कट एक्जस्ट तथा मिड–एप ह्यान्डलबारले यसलाई बोल्ड र प्रिमियम लुक प्रदान गरेको छ।
सार्वजनिक कार्यक्रममा रोयल मोटर्सका संचालक रोहित पराजुलीले नेपाली राइडरहरुमा यो मोडलले विशेष आकर्षण पाउने विश्वास व्यक्त गरे। उनले यो मोटरसाइकलले स्वतन्त्र जीवनशैली रुचाउने राइडरका लागि ब्रान्डको लाइनअपमा फरक पहिचान बनाएको जानकारी गराउदै हाल सम्म ५ हजार बढीले खरिद गरि सकेको पनी बताए ।
मोटरसाइकको कलरहरु स्याक ब्ल्याक र पर्पल हेजको रु ५ लाख ९८ हजार र ट्रिप टील र रेव रेडको रु ६ लाख २ हजार मुल्यका रहेको कम्पनीले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख २, २०८३
सन् १९०१ देखि निरन्तर उत्पादनमा रहेको रोयल इन्फिल्ड विश्वकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो।
ब्रिटिश विरासतबाट सुरु भएको यो ब्रान्डले भारतमा मिड–साइज दुईपांग्रे सवारीको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ।
‘प्योर मोटरसाइक्लिङ’ दर्शनअनुसार कम्पनीले हन्टर ३५०, क्लासिक ३५०, हिमालयन ४५०, मेटिओर ३५०, इन्टरसेप्टर ६५० जस्ता लोकप्रिय मोडल उत्पादन गर्दै आएको छ। साथै, शहरी गतिशीलताका लागि कम्पनीले ‘फ्लाइङ फ्ली’ नामक नयाँ इलेक्ट्रिक मोबिलिटी ब्रान्ड पनि सार्वजनिक गरिसकेको छ।
हाल आइशर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको यो ब्रान्डका भारतभर दुई हजारभन्दा बढी स्टोर छन् भने विश्वका ८० भन्दा बढी देशमा यसको उपस्थिति रहेको छ। नेपालसहित विभिन्न देशमा कम्पनीका एसेम्ब्ली केन्द्रहरू सञ्चालनमा छन्।
सम्बन्धित शीर्षकहरु
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२
-
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३ -
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३





