-
पूर्वेली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका अञ्जु गौतमको नयाँ लोकगीत “दिल बसिगोको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियो गायिका गौतमको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो, जसले सार्वजनिक भएसँगै दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।
लामो समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय रहँदै आएकी गौतमले “फूल जस्तै चिटिक्कै बनैको माया पूर्वै राम्रो जस्ता चर्चित गीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेकी छन्।
यो गितमा लोप हुनै लागेको नौमती बाजालाई प्रचलित गर्दै समाबेस गरिएको छ ।
गौतमको हालसम्म ३५० भन्दा बढी गीतहरू आफुनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिसकेकी छिन ।
नयाँ गीत “दिल बसिगोमा शब्द तथ, लय रोचक थापाको रहेको छ भने संगीत संयोजन कुन्दन राईले गरेका छन्। गीतमा स्वर स्वयं गायिका गौतमको रहेको छ । गीतको रेकर्डिङ पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा गरिएको हो। म्युजिक भिडियोको छायांकन रिकेश बज्रचार्यले गरेका छन्, जसले भिडियोमा प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।
भिडियोको छायांकन पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय क्षेत्र तिनजुरे पाथीभरामा गरिएको हो। विशेषगरी लालीगुराँसले ढाकिएका डाँडाकाँडा, हरियाली वातावरण र धार्मिक आस्थाको केन्द्र मन्दिर क्षेत्रले भिडियोमा आकर्षक दृश्य प्रस्तुत गरेका छन्, जसले दर्शकलाई लोभ्याउने खालको भिडियो बनेको छ ।
म्युजिक भिडियोमा गायिका गौतमकी छोरी ज्योति खड्का लगायतका कलाकारहरूको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
उनीहरूको प्रस्तुतिले गीतलाई थप जीवन्त, आकर्षक र भावनात्मक सन्देश दिने छ ।
गायिका गौतमले नेपाली लोक भाका तथा मौलिक संस्कृति जोगाउन आफू निरन्तर लागिपरेको बताएकी छन्। उनले नयाँ पुस्तामाझ लोकसंगीत प्रति आकर्षण बढाउने उद्देश्यले यस्ता सिर्जना ल्याउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि मौलिकता झल्किने गीतहरू प्रस्तुत गर्ने बताइन ।
“दिल बसिगो” जस्तो लोकगीतले परम्परागत नेपाली संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै पुराना भाकालाई जगेर्ना गर्ने प्रयास गरेको देखिन्छ । यस गीतमार्फत दर्शकले मनोरञ्जनसँगै नेपालीपनको अनुभूति गर्न सक्ने विश्वास लिइएको छ । लिक. https://www.youtube.com/watch?v=x3w9lZ8zguA
News Desk 0 response मङ्लबार, बैशाख १५, २०८३
-
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३

शुक्रबार, बैशाख ११, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३