-
झापा । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ इटहरी स्मार्टसिटी ले विपन्न परिवारलाई सहयोग गर्दै झापाको भद्रपुरमा घर तथा शौचालय हस्तान्तरण गरेको छ ।
भद्रपुर नगरपालिका–९ घुरन ,राजन चौधरीको परिवारलाई लक्षित गरी ६ लाख बराबरकोे घर सहित शौचालय,निर्माण गरि एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
आर्थिक अभावका कारण वर्षौंदेखि असुरक्षित आवासमा बस्दै आएका चौधरी परिवारलाई सुरक्षित बासस्थान उपलब्ध गराउने उद्देश्यले उक्त निर्माण कार्य गरिएको क्लबले जनाएको छ ।
कार्यक्रम लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको अध्यक्षतामा तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीका गभर्नर बबरजंग थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले समाजमा रहेका विपन्न र असहाय वर्गको जीवनस्तर उकास्न यस्ता सामाजिक अभियानहरू प्रभावकारी हुने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जना शर्माले यस्ता सहयोगात्मक कार्यक्रमहरू केवल भौतिक निर्माणमा सीमित नभई मानवताको सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको बताइन् ।
उनले विपन्न परिवारलाई सुरक्षित घर र आधारभूत सुविधा उपलब्ध गराउन पाउनु हाम्रो लागि गर्वको विषय हो ।
समाजका सबै वर्ग मिलेर सहयोग गरे मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ । उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र आवास जस्ता क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सोही अवसरमा भद्रपुर नगरपालिका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की तथा वडा नं। ९ का अध्यक्ष रामप्रसाद दाहाल लगायत स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमकै अवसरमा बालबालिकाहरूलाई शैक्षिक सामग्री पनि वितरण गरिएको थियो । क्लबले विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउन कपी र पेन वितरण गरेको हो । स्थानीयवासीहरूले उक्त कार्यलाई प्रशंसनीय भन्दै बालबालिकामा अध्ययनप्रति प्रेरणा बढाउने विश्वास व्यक्त गरेका थिए । लायन्स क्लबले आगामी दिनमा पनि सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय रहँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता जनाए ।
News Desk 0 response मङ्लबार, बैशाख १५, २०८३
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३