• बागलुङ गुल्मी र प्युठानको सिमाना बल्देधुरीमा आईतवार झडप हुँदा २ जनाको मृत्यु भएको छ ।बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच विवाद हुँदा दुई जनाको मृत्यु भएको छ ।

    बडिगाडका युवाहरुले कुटपिट गरि भिरबाट खसाल्दा निसीखोला–७ का ३८ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङका प्रमुख कृष्ण वहादुर पल्ली मगरले बताए । घटना स्थल बल्देधुरीमा होली खेल्ने परम्परा रहेको र सोही ठाँउमा झडव हुदाँ उनिहरुको ज्यान गएको हो । झडप पछि कुवर र दमाईलाई भिरवाट खसालेको दृश्य सामाजिक संजालमा भाइरल भएको छ ।

    मृतको शव पोष्टमाटमको लागी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । मृतक कुवर नेपाली काग्रेस बागलुङका जिल्ला सदस्य हुन ।घटनामा संम्लग्नहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

    https://www.facebook.com/CREWOURNEWS/videos/358429815486957/

4565