-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फमा शीर्ष स्थानका भुवन नगरकोटीलाई पछ्याँदै शुक्रबहादुर राईले उपाधि लक्ष्यलाई कायमै राखेका छन् ।
पार–७१ को गोकर्ण गल्फ क्लबमा बुधबार तेस्रो चरणको खेल सकिँदासम्म शुक्रले भुवनसँगको अग्रता दुई स्ट्रोकमा छोटयाउँदै उपाधि लक्ष्य कायमै राखेका हुन् ।सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सूर्य नेपाल सेन्ट्रलमा बुधबार ५४ होलको खेल सकिँदा भुवनले ९ अन्डर २०७ स्कोर बटुल्दा शुक्रले सात अन्डर २०९ स्कोर जोडेका छन् । तेस्रो दिनको खेलमा भुवनले दुई ओभर ७४ को स्कोर कार्ड बनाएपछि शुक्रले उनीसँगको दूरी घटाउने अवसर पाएका हुन् । शुक्रले भने तेस्रो दिनको खेलमा एक अन्डर ७१ को प्रदर्शन गरेका थिए । यस अघि दोस्रो दिन भने भुवनले शुक्रमाथि पाँच स्ट्रोकका अग्रता बनाएका थिए ।
बर्डीबाट दिन सुरु गरेका भुवनले तेस्रो होलमा पनि दोहो¥याए । यद्यपि, छैटौं र नवौं होलमा बोगी खेपेसँगै उनी फ्रन्ट नाइनमा इभन पार ३६ रहे । भुवनले ब्याक नाइनमा दुई ओभर ३८ को कार्ड बनाउँदा १२औं र १५औं होलमा बोगी खेपेका थिए । शुक्रले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । तर, त्यस अघि पाँचौं होलमा बोगी सामना गरेका शुक्रले एक अन्डर ३५ को कार्ड बनाए । ११औं होलमा डबल बोगी खेपे पनि शुक्रले १४औं र १५औं होलमा बर्डी बटुलेसँगै ब्याक नाइनमा इभन पार ३६ मा रहे । त्यस्तै १२औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णविजेता सुवास तामाङले पनि तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।
तेस्रो दिन इभन पार–७२ मा खेलेसँगै उनले पाँच अन्डर २११ को स्कोर बटुले । सुवासले भने फ्रन्ट नाइनमा एक ओभर ३७ र ब्याक नाइमा एक अन्डर ३५ को कार्ड बनाए । सन्जय लामा चौथो, विजय इनहास श्रेष्ठ पाँचौ र रामे मगर छैटौं स्थानमा छन् । राजेन्द्र श्रेष्ठ, रवि खड्का र एमेच्योर गल्फर अजित विक संयुक्त रूपमा सातौं स्थानमा रहँदा २ सय १९ स्कोरमा छन् । तेस्रो दिन राजेन्द्रले एक ओभर ७५ जोड्दा अजित र रवि एक ओभर ७३ स्कोर गरे । अर्का एमेच्योर गल्फर टासी छिरिङ पनि शीर्ष १० भित्र अटाउँदा कुल पाँच ओभर २२१ स्कोर बटुले । दोस्रो चरणपछि २१ प्रोफेसनल र आठ एमेच्योर गल्फरले प्र्रतिस्पर्धा गरेका छन् ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
शैक्षिक परामर्श नियमावली २०८३ प्रति पूर्वाञ्चल शाखाको आपत्ति, संशोधनको माग
शनिबार, असार २७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३ -
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३

कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३
-
स्वास्थ्य सेवाबाट विश्वास जितेका बलबहादुर न्यौपाने अब उद्योग वाणिज्य संघमा सदस्यका उम्मेदवार
बिहिबार, असार २५, २०८३ -
काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक व्यवसायी सुरक्षा कोषदेखि डिजिटल संघ सम्म :
बिहिबार, असार २५, २०८३ -
कोशी प्रदेशमा खेल प्रतिभाको सम्मान, १०५ जना खेलाडी, पत्रकार र खेलकुदकर्मी सम्मानित
बिहिबार, असार २५, २०८३ -
सरकार बनेको १०० दिन: मतदाताले गर्व गर्ने कि गुनासो गर्ने?
बिहिबार, असार २५, २०८३ -
इटहरी उद्योग वाणिज्य संघ निर्वाचनः नवराज काफ्ले समूहको जित सुनिश्चित भएको दाबी
शुक्रबार, असार २६, २०८३