-
खेलको अन्तिम समयमा पाएको मौकाको सदुपयोग गर्दै हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको सेमिफाइनलमा बिदेशी टोली प्रबेश गरेको छ । क्यामरुनबाट हिजो मात्र नेपाल टेकेको टोलिले सर्लाहिको बागमती युवा क्लबलाई २– १ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो । बिदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन(अरास) अन्तिम चारमा पुगेसँगै खेलमा सेमिफाइनल समिकरण पुरा भएको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाईनल खेलको पहिलो हाफमा बागमती युवा क्लबले १–०को अग्रता सहित औषत प्रदर्शन गरेता पनि दोस्रो हाफमा (अरास)ले पुरै दबाबमा राखेको थियो । सर्लाहीका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा रक्षात्मक खेलेको बागमतीले खेलको ८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले जाली चुमाएपछि अग्रात गुमाएको थियो ।
अन्तिम समय लगातार गोलपोष्टमा प्रहार गरेको क्यामरुनले ९२ मिनेटमा लोइसले गर्दै जीत पक्का गरेका थिए । खेल पछि प्रतिक्रिया दिँदै बागमती युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले टोलीले उत्कृष्ट प्रदर्शन गरेता पनि शारिरिक बनावट र नेपाली खेलाडीको होचोपनको फाईदा उठाएको बताए । उनले ८० मिनेटपछि खेलाडीहरु आत्तिएको कारण पनि क्यामरुनले स्कोर थपेको बताए । यस्तै विदेशी टोलीका म्यानेजर अशोक थापाले लगातार ५ हजार किलोमिटर हवाई यात्रा गरेर नेपाल आउँदा खेलाडीहरुले सोचे अनुसार खेल्न नसकेता पनि स्कोर भने निकाल्दा खुशी भएको बताए ।
भोली लिग विजेता मछिन्द्रले फाईनल प्रवेशको लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३