-
खेलको अन्तिम समयमा पाएको मौकाको सदुपयोग गर्दै हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको सेमिफाइनलमा बिदेशी टोली प्रबेश गरेको छ । क्यामरुनबाट हिजो मात्र नेपाल टेकेको टोलिले सर्लाहिको बागमती युवा क्लबलाई २– १ गोलअन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो । बिदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन क्यामरुन(अरास) अन्तिम चारमा पुगेसँगै खेलमा सेमिफाइनल समिकरण पुरा भएको छ ।
मंगलबार भएको अन्तिम क्वार्टरफाईनल खेलको पहिलो हाफमा बागमती युवा क्लबले १–०को अग्रता सहित औषत प्रदर्शन गरेता पनि दोस्रो हाफमा (अरास)ले पुरै दबाबमा राखेको थियो । सर्लाहीका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफमा रक्षात्मक खेलेको बागमतीले खेलको ८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले जाली चुमाएपछि अग्रात गुमाएको थियो ।
अन्तिम समय लगातार गोलपोष्टमा प्रहार गरेको क्यामरुनले ९२ मिनेटमा लोइसले गर्दै जीत पक्का गरेका थिए । खेल पछि प्रतिक्रिया दिँदै बागमती युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले टोलीले उत्कृष्ट प्रदर्शन गरेता पनि शारिरिक बनावट र नेपाली खेलाडीको होचोपनको फाईदा उठाएको बताए । उनले ८० मिनेटपछि खेलाडीहरु आत्तिएको कारण पनि क्यामरुनले स्कोर थपेको बताए । यस्तै विदेशी टोलीका म्यानेजर अशोक थापाले लगातार ५ हजार किलोमिटर हवाई यात्रा गरेर नेपाल आउँदा खेलाडीहरुले सोचे अनुसार खेल्न नसकेता पनि स्कोर भने निकाल्दा खुशी भएको बताए ।
भोली लिग विजेता मछिन्द्रले फाईनल प्रवेशको लागि अब आयोजक रिगल रिसोर्ट मकवानपुर ११ सँग खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२