-
राधानीमा जारी भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता अन्र्तगत महिला टिम इभेन्ट्समा भक्तपुर नगरपालिका वडा नं ५ च्याम्पियन भएको छ ।लैनचौर स्थित टेबलटेनिस हलमा भएको फाइनलमा भक्तपुर नगरपालिका वडा नं ५ ले नगरपालिका वडा नं २ लाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन भएको हो ।
पहिलो खेलमा भक्तपुर ५ की दिया देउलाले भक्तपुर २ की मञ्जु सुवाललाई ३–० को सेटमा हराउँदा दोस्रो खेलमा भक्तपुर नगरपालिका २ की क्यारिना सुवालले भक्तपुर नगरपालिका ५ की नर्मदा खैटुलाई ३–२ को सेटमा पराजित गरेकी थिइन् । तेस्रो खेल अन्र्तगत महिला डबल तर्फको खेलमा भक्तपुर ५ का दिया र नर्मदाको जोडिलाई भक्तपुर २ का मञ्जु र प्रदिपा सुवालको जोडिले १–३ को सेटमा पराजित गर्दै अग्रता निकालेका थिए । तर चौथो खेलमा पुनः दिया देउलाले क्यारिना सुवालाई ३–० को सेटमा पराजित गर्दा सेट बराबरीमा आएको थियो । अन्तिम तथा निर्णायक खेलमा भक्तपुर नगरपालिका ५ की नर्मदाले भक्तपुर नगरपालिका २ की मञ्जु सुवाललाई ३–१ को सेटमा पराजित गर्दा नगरपालिका वाड नं ५ टिम च्याम्पियन भएको हो ।
प्रतियोगितामा मंगलबरै पुरुष टिम इभेन्ट्समा पहिलो क्वाट्रफाइनल खेल सम्पन्न भएका छन् । ललितपुर महानगरपालिका वडा नं १९ ले सोही नगरपालिकाको वडा नं ८ लाई ३–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा दोस्रो क्वार्टरफाइनल खेलमा धरान उपमहानगरपालिका ९ ले ललितपुर महानगर पालिका वडा नं ७ लाई ३–१ को सेटमा हराएर सेमिफाइनलमा स्थान बनायो । त्यस्तै तेस्रो क्वार्टर फाइनल खेलमा धरान उपमहानगरपालिका वडा नं १३ ले भक्तपुर नगरपालिका ५ लाई ३–२ को सेटमा हराउँदा अन्तिम क्वार्टर फाइनल खेलमा विराटनगर महानगरपालिका वडा नं ३ ले ललितपुर महानगरपालिका १२ लाई पनि ३–१ को सेटमा हराउँदै अन्तिम चारमा प्रवेश ग¥यो । प्रतियोगिता अन्तर्गत मंगलबार नै पुरुष एकल र महिला एकलमा पहिलो चरण र भेट्रान्स ४० वर्ष माथि तथा ५० वर्ष माथिको प्रतिस्पर्धा सम्पन्न भए ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
प्रतियोगितामा पुरुषमा २६ टिमका ४ सय ३३ खेलाडीको सहभागिता छ । महिलामा ८ टिमका ९० खेलाडी सहभागी छन् । पुरुष÷महिला सिंगल्स र टिम तथा भेट्रान ४० वर्षमाथि र ४५ वर्षमाथि गरी ६ स्पर्धामा हुँदै छ । प्रतियोगिता ७ गते सम्म चल्नेछ ।
सम्बन्धित शीर्षकहरु
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३





