-
बिभागिय टोली नेपाल एपिएफ क्लबलाई पाखा लगाउँदै हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप’मा बागमती युवा क्लब सर्लाहीले अन्तिम आठमा स्थान बनाएको छ । बनबिज्ञान खेल मैदानमा आईतबार भएको प्रतिष्पर्धामा एपिफलाई २–१ ले निरास बनाउँदै बागमतीले आठौं स्थान सुरक्षित गरेको हो । एकदिन अगाडी ‘गोलबजार गोल्डकप’ उचालेको बिभागिय टोली हेटौंडामा निरास बनेको छ ।
पहिलो हाफको ३७ औं मिनेटमा कर्नर मार्फत पाएको बललाई सदुपयोग गर्दै विक्रम धिमालले टिमलाई अग्रता दिलाएका थिए । धिमालको गोलबाट अग्रता लिएको बागमतीले ७४ औं मिनेटमा सागर शाहीले फ्रि–किकबाट आएको पासलाई डि बक्स भित्र सदुपयोग गर्दै जाली चुमाएसँगै बागमतीले गोलअन्तर दोब्बर पारेको थियो । दोस्रो गोल पछि दबाबमा आएको एपिएफले खेलको अघिकाशं समय बागमती युवा क्लबलाई दबाबमा राखेको थियो । बागमतीका खेलाडीले डि बक्स भित्र हातले बल छुँदा पाएको पेनाल्टी किकलाई सदुपयोग गर्दै ८३ औं मिनेटमा रवि थिङले गोल गरेका थिए ।
उनको गोलसँगै केहि उत्साहित बनेको बिभागिय टोलीले स्कोर निकाल्न नसक्दा निरास बनेको हो । बागमतीका लागि पहिलो गोल गरेका बिक्रम धिमाल खेलको म्यानअफदी म्याच घोषित भएका छन् । उनले नगद १० हजार हात पारे । खेल पछि प्रतिक्रिया दिँदै सशस्त्रका प्रशिक्षक सुदिप श्रेष्ठले खेलमा बागमती युवा क्लबको तुलनामा एपिएफमा केहि शारिरक कमजोरी रहेको बताए । उनले भने ‘हाम्रा खेलाडीहरु होचा हुँदा केहि समस्या भयो, बागमतीमा विदेशी खेलाडी हुँदा हाई बलहरु सजिलै हामीले फुत्काउन प¥यो ।’ कप्तान समेत रहेका मुख्य खेलाडी नविन लामालाई खेल्ने क्रममा चोट लागेपछि फिनिसिङमा पनि समस्या भएको उनले बताए ।
यस्तै पहिलो खेल जितेर विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन सँग भेट पक्का गरेको बागमती युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले खेलमा बराबरी बलको नियन्त्रण र लक्षित प्रहार भएता पनि एउटा फ्रि किक र कर्नरलाई खेलाडीहरुले सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा आएको बताए । निरन्तर सेटमा खेलाडीहरु रहेको भन्दै आगामी खेलमा केहि खेलाडी परिवर्तन हुने संकेत गरे । भोली ‘ए’ डिभिजन लिग विजेता र पुलिसलाई हराएको संकटा विच खेल हुने भएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शपनबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२





