-
हेटौंडामा जारी ‘स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को खेलमा संकटाले विजयी सुरुवात गरेको छ । शनिबार हेटौंडाको बन बिज्ञान खेल मैदानमा भएको खेलमा संकटाले विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० ले स्तव्द पार्दै नतिजा पक्षमा पारेको हो ।
पुलिस क्लबले खेलमा दबाब कायम राखेता पनि स्कोर भने निकाल्न नसक्दा खेलको नतिजा संकटाको पक्षमा आएको हो । खेलको ३१ औं मिनेटमा संकटाका तर्फबाट विदेशी खेलाडी एको लुईचक्लेले गरेको गोल निर्णायक बनेको थियो । पुलिसले गरेको दुई प्रहार मध्ये एउटा संकटाका गोलरक्षकले बचाएका थिए भने एउटा बारमा लागे र फर्किएको थियो । पुलिसले बललाई नियन्त्रणमा लिएता पनि लक्षित प्रहार गर्न सकेन । खेलको म्यानअफदि म्याच संकटा क्लबका मिडफिल्डर नितीन थापा घोषित भए । उनले नगद १० हजार हात पारेका छन् ।
खेल पछि प्रतिक्रिया दिँदै पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलाडीहरुले राम्रो प्रर्दशन गरेता स्कोर गर्ने खेलाडी नहुँदा समस्या भएको बताए । नियमित खेल्ने ८ जना खेलाडी अहिले टिममा नहुँदा टोलीले अपेक्षित प्रर्दशन गर्न नसकेको उनको भनाई थियो ।
यस्तै संकटा क्लबका टिम म्यानेजर राजेश तुलाधरले खेलाडीहरुको प्रदर्शनमा चित्त बुझाउने अवस्था नरहेता पनि स्कोर पक्षमा आएको बताए । उनले आगामी खेलमा डिफेन्समा देखिएको गल्तिहरु सुधार गर्ने बताएका थिए । एक वर्ष पछि टिमले प्रतियोगितामा भाग लिएको भन्दै उनले विस्तार टिमको खेलहरु ‘कमब्याक’ हुने बिष्वास व्यक्त गरे ।
प्रतियोगिताको विजेताले उपाधी सहित १० लाख तथा उपविजेताले ५ लाख नगद पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी रोयल इन्फिल्ड बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।चैत्र ७ गते सम्म चल्ने प्रतियोगितामा भोलि आइतबार शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र सर्लाहिको बागमती युवा क्लब भिड्ने छन् ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३