-
नेपाल पुलिस क्लबले एपिएफमाथि ८ विकेटको नतिजाका साथ काठमाडौ मेयरकप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको विभागिय डर्बी फाइनलमा एपिएफले प्रस्तुत गरेको १ सय ६ रनको सामान्य लक्ष्य पुलिसले २४.१ ओभरमा सबै विकेट गुमाउदै पूरा गरेको थियो । पुलिसका लागि ओपनर सुनिल धमलाले अविजित ५९ रनको योगदान गरे । सुनिलले ८२ बलमा ७ चोैका र १ छक्का प्रहार गरे । एपिएफका अविनाश बोहोरा र भुवन कार्कीले समान १ विकेट लिएका थिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफ २९.४ ओभरमा सबै विकेट गुमाउदै १ सय ५ रनमा सीमित बनेको थियो । एपिएफका लागि वसन्त रेग्मीले प्रहार गरेको २२ रन व्यत्तिगत सर्वाधिक रन बन्न पुग्यो ।पहिलो ३ ओभरमा ३ विकेट गुमाएपछि एपिएफ सुरुआती दबाबमा परेको थियो ।
५ रन जोड्दा २ विकेट गुमाएको एपिएफले थप ५ रन जोड्दा ओपनर शरद भेषावकरलाई पनि रन खाता नखोल्दै गुमायो । शरदलाई गुल्सनले विकेटकिपर दिलिपबाट क्याच गराएका थिए । चौथो विकेटका लागि सन्दिप जोरा र भुवन कार्कीले ३२ रनको साझेदारीका साथ टोलीको इनिङस उकास्ने प्रयास गरेक थिए । सन्दिपले १८ र भुवनले १४ रन जोडे ।अमरसिंह रौटेला र वसन्तले आठौ विकेटका लागि ३० रनको साझेदारी गरेका थिए । अमरले १८ रन जोडे ।
पुलिसका गुल्सनले ७ ओभरमा ३६ रन खर्चदै ४ विकेट लिदा सागरले ७.४ ओभरमा २८ रन खर्चदै ४ विकेट लिए । पवन शराफ र ललित राजवंशीले समान १ विकेट लिए । प्रतियोगिताको विजेता पुलिसले नगद ५ लाख,उपविजेता एपिएफले ३ लाख प्राप्त गरे ।
पुलिसका दिपेन्द्रसिहं ऐरी प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी बन्दा आर्मीका कप्तान विनोद भण्डारी उत्कृष्ट ब्याटस्म्यान र बाग्मती प्रदेशका ओरियो पौडेल उत्कृष्ट बलर बने ।दिपेन्द्रले नगद ५० हजार हात पार्दा विनोद र ओरियोले समान २५ हजार प्राप्त गरे ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२