इटहरी । सुनसरीको इटहरीमा राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुनसरीको आयोजनामा सुरु भएको प्रयोगिताको राष्ट्यि खेलकुद परिषदका उपाध्यक्ष तथा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइरालाईले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन । इटहरी रंगशालाको तेक्वान्दो एरिनामा सुरु भएको प्रतियोगितामा ७ प्रदेसका ७ वटै टिम , नेपाल विद्यालय खेलकुद महासंघको एक टिम , आयोजक एक टिम गरी कुल ९ टिमले प्रतिस्पर्धा गरिरहेका छन । राष्ट्रिय तेक्वान्दो संघ नेपाल सुनसरीका अध्यक्ष खेम कार्कीको अध्यक्षता रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की , उद्योग वाणिज्य संघ इटहरीका बरिष्ट उपाध्यक्ष दिवस पोखरेल,संगित साधना प्रतिष्ठान नेपालका उपाध्यक्ष राजु केसी , मुख्य प्रशिक्षक हरि बुढाथोकी, ज्ञानु विक लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

इटहरीमा राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता सुरु


  • प्रतियोगितामा फाइट तर्फ महिला ३० केजी देखि ५५केजी सम्म ६वटा समुहमा र पुरुष तर्फ ३५ केजी देखि ६३केजी तौल सम्म विभिन्न तौल सम्म गरि ६वटा समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन । त्यसै गरी पुम्से तर्फ प्रयेत्क टिमबाट १२वर्ष मुनी १ महिला र १ पुरुषले प्रतिस्पर्धा गर्ने छन भने १२वर्ष माथि १८ वर्ष सम्म १ महिला १ पुरुषले प्रस्पर्धा गर्ने साथै १८ वर्ष माथि १ महिला र १ पुरुषले प्रतिस्पर्धा गर्ने खेत तालिका रहेको छ ।
    प्रतियोगितामा टिम प्रथम द्धितिय र तृतियलाई शिल्ड प्रमाण पत्र र विजयी हुने खेलाडीहरुलाई पदक र प्रमाण पत्र वितरण गरिने जानकारी गराइयो ।

4565