-
पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक सी डिभिजन लिगमा घटुवा भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी ुबीु डिभिजन लिगको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो । बी डिभिजनमै रहन पुल्चोकलाई अन्तिम खेल जित्नु पर्ने थियो । र, अन्य खेलको नतिजा कुर्नु पर्ने थियो । तर, नयाँबस्तीसँग पराजित भएपछि पुल्चोक घटुवा भएको हो । नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए । जितसँगै नयाँबस्तीले भने ११ खेलमा १५ अंक जोड्यो । नयाँबस्ती नवौं स्थानमा रहेको छ । हारसँगै पुछारमा रहदै लिग सकाएक पुल्चोकले ११ खेलमा ५ अंक जोड्यो ।
त्यस्तै बुधबार नै भएको आफनो अन्तिम लिग खेलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ । खेलमा खुमलटारले बाँसबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक एक गोल गरे । जितसँगै खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँगअंक बराबरी समेत गरेको छ ।
खुमलटारले ११ खेलमा २५ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।एक खेल बाँकी रहेको सातदोबाटोको २५ अंक रहेको छ । सातदोबाटोले लिगको उपाधि यस अघि नै जितिसकेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२