-
काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो खेलमा हार व्यहोरेको छ । आइतबार भएको खेलमा काठमाडौं मेयर ११ सँग ९४ रनले पराजित हुँदै बागमतीले लगातार दोस्रो हार व्यहोरेको हो । मुलपानी क्रिकेट मैदानमा काठमाडौंले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको बागमती ३४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५० रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । यस जितसँगै काठमाडौं मेयर–११ ले भने प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
यस्तै आइतबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।
पुलिसले दिएको २ सय ५९ रनको लक्ष्य एपीएफले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो ।जितसँगै एपीएफले २ खेलमा ४ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । पुलिसको भने यो पहिलो हार हो । पुलिसले २ खेलम २ अंक जोडेको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
सम्बन्धित शीर्षकहरु
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३