-
राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ ।
बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसिटी बराबरीमा रोकिएको हो । खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको २२ औं मिनेटमा युवराज राईले गोल गर्दै श्री कुमारीलाई १–१ गोलको बराबरीमा फर्काए । यस बराबरीसंगै आरसिटीले ९ खेलमा १३ अंक जोडेको छ । आरसिटी लिगको पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ९ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यसअघि बिहीबार नै भएको अर्को खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो । श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे । श्री भगवतीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक–एक गोल फर्काए ।यस जितसँगै श्री भगवतीले ९ खेलमा ९ अंक जोडेको छ । झम्सिखेल ९ खेलमा ६ अंक जोडेको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३