• ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिताका लागि टर्नपाईक इभेन्ट प्रालिले प्रत्यक्ष प्रशारण अधिकार र डिजिटल प्रत्यक्ष प्रशारण अधिकारका लागि कान्तिपुर टेलिभिजन र ई–कान्तिपुर डटकमसँग सम्झौता गरेको छ ।

    बुधबार भएको सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ । कान्तिपुरका ब्रोडकास्टिङ डाइरेक्टर सुरज सिंह ठकुरी र टर्नपाइकक प्रमुख कार्यकारी अधिकृत युकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजन र कान्तिपुर अन्तर्गत रहेका डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

    पोखराको बहुउद्देश्य कभर्डहलमा आयोजना हुने प्रतियोगिताका ४९ खेल प्रसारण हुनेछन् । लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने छन् । यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने छन् । एन्फाले सहभागी हरेक टिमलाई १ लाख उपलब्ध गराउने छन् । प्रतियोगिताबाट नेपालको राष्ट्रिय फुटसल टोली चयन हुनेछ ।

4565