-
वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुले चाहेमा प्रधानमन्त्रीलाई कारवाही गर्न सक्ने बताएकाछन् । बुधबार रिपोटर्स क्लव नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले संसद बिघटन गरेर प्रधानमन्त्रीले गम्भिर गल्ती गरेको प्रमाणित भइसकेकाले प्रधानमन्त्रीलाई कारवाही गर्ने सम्बन्धी अधिकार संविधानमा व्यवस्था भएको बताएकाछन् ।
उनले सर्वोच्चको फैसलाले एउटा नजिर स्थापना गरेको भन्दैअब भविश्यमा कुनै पनि प्रधानमन्त्रीले यस्तो कदम चाल्न नसक्ने तर्क गरेकाहुन । कसैको चाहनामा संसदलाई मार्न नसक्ने सर्वोच्चको फैसलामा उल्लेख गरेको उनको भनाई छ ।
उनले आफैले बिघटन गरेको संसद पुनसर््थापना भएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने जिकिर गरे । थापाले राष्ट्रपतिले समेत संविधानको मान राख्न नसकेको धारण राखे । त्यस्तै उनले प्रधानमन्त्रीले आफ्नो पद लम्वाउनका लागि नै संसद बिघटन गरेको बताए । उनले सर्वोच्चको फैसलाले संविधानवादको रक्षा गरेको धारणा पनि राखे ।त्यस्तै उनले संवैधानिक आयोगहरुमा भएका नियुक्तिहरु स्वतः खारेज भएको पनी बताए ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३