• नेकपा नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र वास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुन प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो । सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।

    फरक विचार र आस्था राखेकै कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ । सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो । सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

4565