-
मेलम्चीको सुरुङमा सोमबारदेखि पानी भर्न सुरु गरिने भएको छ । यसका लागि प्राविधिक काम सम्पूर्ण रुपमा पूरा भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पानी भर्नु अघि आयोजनास्थल मेलम्चीमा सोमबार औपचारिक कार्यक्रम राखिने भएको छ । गत असारमा पनि सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो ।
त्यस क्रममा सुरुङको मुख्य ढोका फुटेर निस्केको पानीले एक इन्जिनियर र चालकलाई बगाएको थियो । विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाइएको समितिले जनाएको छ । परीक्षणका क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने धुलिखदेखि काठमाडौँस्थित विभिन्न अस्पतालहरुसँग पनि समन्वय गरिएको छ ।
समितिका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्नेछ । सुरुवाती चरणमा भने सुरुङको क्षमताअनुसार पानी नछाडिने भएको छ । दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता ६ हजार लिटर प्रतिसेकेण्ड रहेको छ । मेलम्ची खानेपानी आयोजना पूरा भएमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउन सकिन्छ ।
उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३