-
नेकपा ओली समूहका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले प्रचण्ड–माधव समूहले आतंकित र भयभित भएपछि ‘ओली सरकारका दुई मन्त्री आफ्नो समूहमा आउँदै छन्’ भन्ने भ्रम फैलाएको आरोप लगाएका छन् । ओली समूहले विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अवसरवादी र प्रतिक्रियावादीको प्रयास सफल नहुने दाबी गरेकाछन् ।
प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भनेर पनि भ्रम फैलाइएको उनले बताए । जनतामा जानु लोकतान्त्रिक कदम भएको उनको जिकिर छ ।थापाले देशलाई अस्थिरतातिर धकेल्ने षड्यन्त्र भएको उनले बताए । बाह्य नभई आन्तरिक शक्तिले नै अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र गरिरहेको दाबी गरे ।अवसरवादी, फुटवादी र गुटवादीहरूले असामान्य परिस्थिति सिर्जना गरेको थापाको दाबी छ । देशको विकासलाई कसरी अवरुद्ध गर्ने भन्नेमा लागेका प्रतिगामीहरू अहिले उत्साहित भएको थापाको जिकिर छ ।
थापाले जनता अस्थिरताको विरुद्धमा र लोकतन्त्रको रक्षाका निम्ति एकताबद्ध भएको बताए । उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका निम्ति नेपाली जनता लामबद्ध भएको बताए ।देश द्रुत गतिमा समाजवाद र समृद्धिको दिशातर्फ अगाडि बढेको थापाले दाबी गरे । तीन वर्षको कार्यकालमा सुशासनलाई सुदृढ गर्ने काम सफलतापूर्वक गरेको पनि थापाले जिकिर गरे ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२