• नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहलाई धोखा दिँदै शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किएका छन्।

    उक्त समूहमा नेकपालाई कमजोर बनाउने र प्रचण्डको हुकुमी शैली मात्र कायम रहेको तथा नेपालको कुनै औचित्य नरहेको देखेपछि उनीहरू ओली समूहमा फर्किएका हुन्।‘नेता व्यवस्थापनमा प्रचण्ड र नेपालको अझै किचलो रहेको छ। मिल्ने कुरा पनि छैन यसैकारण पनि ओली समूहमा नै फर्किने निर्णय गरेको उनीहरुले दावी गरेको उनीहरू निकट स्रोतले बताएको छ ।

    प्रचण्ड–नेपालसँग ओलीलाई हटाउने भन्दा अरु राम्रा विकल्पका विषयमा बैठक र छलफल नै हुने नगरेको पाएपछि दम्पत्तीले यस्तो निर्णय गरेको बुझिएको छ । प्रतिनिधि सभा विघटनमा रुष्ट भएका दम्पत्ती उक्त समूहमा लागेका थिए।तर पद र प्रतिष्ठाका लागि मात्र उक्त विभाजनको तयारीमा प्रचण्ड रहेको पाएपछि त्यहाँ बस्न नसकिएको उनीहरुको कथन रहेको बताइन्छ।

4565