-
मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यार्तुन पर्व मनाउन शुरु भएको छ । बर्खा सकिएर हिउँद शुरु भएको सन्देश दिने यार्तुन पर्वलाई उपल्लो मुस्ताङका बासिन्दाले महत्वका साथ मनाउँछन् । कोरोना ९भाइरस०को महामारीको जोखिमका कारण यस वर्ष औपचारिकरूपमा मात्रै यार्तुन मनाइरहेका छन् ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट ९राजु०ले परम्परालाई निरन्तरता दिन औपचारिकताका लागि यार्तुन मनाउन लागिएको बताए । “विगतका वर्षमा यार्तुनमा स्वदेशी पाहुना र पर्यटक पनि आउँथे”, उनले भने, “यसपाली कोरोनाको जोखिमलाई मध्यनजर गरेर परम्परालाई निरन्तरता मात्र दिइएको छ ।”
हरेक वर्षको साउन महिनाको अन्तिम सोमबारदेखि शुरु हुने उपल्लो मुस्ताङको यार्तुन पर्व तीन दिनसम्म मनाउँछन् । रोगव्याधि नलागोस्, अनिष्ठ नहोस्, अन्नबाली र व्यापार व्यवसाय राम्रो होस् भन्ने कामना गरेर यार्तुन मनाउने चलन छ । अग्रज र मान्यजनबाट आर्शिवाद लिने, नाचगान तथा घोडा घौडाएर यार्तुन मनाउने गरिन्छ । उपल्लो मुस्ताङका सांस्कृतिक राजा जिग्मे परवल बिष्ट र रानी धोर्जे याङ्जी बिष्ट पछिल्लो दुई वर्षको यार्तुनमा सहभागी भएका छैनन् ।
काठमाडौमा रहेका विष्ट दम्पती कारोनाका कारण यार्तुनमा सहभागी नभएकाहुन। खेतीबाली लगाउने र थन्क्याउने काम सकेपछि यार्तुन मनाउने चलन छ । यार्तुन मनाएपछि त्यहाँका बासिन्दा जाडो छल्न र घुम्ती व्यापारका लागि पहाडी तथा तराई क्षेत्रमा जाने गर्छन् ।
‘यार’ को अर्थ बर्खा र ‘तुङ’को अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ । पहिलो, दोस्रो र तेस्रो दिन क्रमशः ज्येष्ठ नागरिक, युवा पुरुष र महिलाले घोडा दौडाउने चलन यार्तुनको विशेष आकर्षण हो । करिब ३० वर्गमिटर क्षेत्रफलको पिठोले तयार पारिएको घेराभित्र राखिने वस्तुलाई घोडा दौडाउनेले ढुङ्गाले हानेर फुटाउने चलन छ । जसले दौडिरहेको घोडा चढेर वस्तुलाई फुटाउन सक्छ, उसैलाई मुस्ताङी राजा, गाउँ मुखिया र स्थानीयले सम्मान गर्ने प्रचलन छ । यार्तुनमा गीत गाउने, नाच्ने र झाँकी देखाउने गरिन्छ । अग्रजको घरघरमा पुगेर आर्शिवाद लिन्छन् । रासस
News Desk 0 response शनिबार, साउन ३०, २०७८
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३