-
अन्तराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल महिला चेम्वरको आयोजनामा काठमाडौंमा तीन दिने नेपाल महिला चेम्वर ट्रेड मेला हुने भएको छ । महिला चेम्वरले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन २४ देखि २६ गतेसम्म महिला चेम्वर ट्रेड मेला हुने जानकारी दिएको हो ।
काठमाडौंको र्याडिशन होटलमा हुने मेलामा ८० वटा स्टल रहने मेला संयोजक तथा महिला चेम्वरका सचिव लिमा अधिकारीले जानकारी दिइन ।
मेलामा खाना, श्रृगार, ह्यााण्डिक्राफ्ट लगाएतका स्टल रहने र स्टल राख्न चाहनेका लागि बुकिङ समेत खुल्ला गरिएको उनले बताइन । महिलालाई सफल सक्षम, उद्यमी र व्यवसायी बनाउनका लागि र महिलाको व्यवसाय विस्तारका लागि हरेक बर्ष मेलाको आयोजना गर्दै आएको अधिकारीले जानकारी दिइन । मेलामा व्यवसायलाई बिस्तार गर्नका लागि बैंकिङ्ग परामर्शको पनि व्यवस्था गरिने उनले बताइन ।
महिलाले आफू उद्यममा लाग्न आफैँ क्रियाशील रही आत्मनिर्भर बन्नुपर्नेमा महिला चेम्वरले जोड दिएको छ । मेलाको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गर्नुहुने महिला चेम्वरले जनाएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





