-
बाराका युवाहरु पछिल्ले समय च्याउ खेती तर्फ आकर्षित हुदैँ आएका छन । युवा शक्ति बिदेश पलायन हुनु भन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै बाराका युवाहरु च्याउ खेती सुरु गरेका हुन ।
कृषि पेसामा फाइदा नहुने भनाइलाई गलत सावित गर्दै व्यावसायिक च्याउ खेतीमा रमाइरहेका छन् । काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बाराका तीन युवा । पहिला वैदेशिक रोजगारीबाट पर्के लगतै इश्वर सापकोटाले स्थानिए साथीहरु उदयराज पाण्डे र किरण ओझासंग मिली केयुडी समुहले च्याउ खोति संगै अर्ग्यानिक तरकारी खेती र गड्यौला मल उत्पादन गर्दै आएका छन । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा १० कठ्ठा जमिन भडामा लिएर उनीहरुले च्याउ खेती गर्दै आएका हुन ।
बाराको बजारमा च्याउको माग थेरै रहेको र स्थानिए उत्पादन भन्दा बहिरी जिल्लाबाट च्याउ निर्यात हुने भएका कारण यी युवाले बजारको माग अनुसार च्याउ खेती सुरु गरेको बताएका छन । युवा शक्ति बिदेश पलायन हुनु भन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै च्याउ खेतीको सुरुवात गरिएको संचालक इश्वर सापकोटाले बताए । उनले च्याउको उत्पादन भन्दा बजारमा माग बडि रहेको बताए ।
पराल खरिद गरि ल्याई त्यसलाई पकाएर कटिङ गरेर पोका÷पोका बनाएर टनेल भित्र बनाइएको टाँडमा झुन्ड्याएर च्याउ उत्पादन गरिँदै आएका छन । प्रत्येक टनेलमा १५ दिनको फरकमा च्याउ उमार्ने भएको कारण सिजभर हरेक १५ दिनमा च्याउ विक्री गर्न तयार हुने गरिएको छ ।
करिब ३ लाख लगानिमा १ वटा च्याउ टनेल निर्माण गरि च्याउ खोति सुरु गरिएको र आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो भएका कारण थप २ वटा टनेल निमाण गरि च्याउ खोति गरिरहेको उदयराज पाण्डेले बताए । हाल सम्म करिब १५ लाख लगानि गरिएको र दैनिक रुपमा ६५ किलो च्याउ उत्पादन गर्दै अएको भएता पनि बजारमा यस्को माग पुर्ति गर्न दिनको १ कुन्टल ३० किलो उत्पादन गर्नुपने देखिएको पाण्डेले बताए ।सानो लगानीबाट सुरु गरेको ब्यवसायबाट अहिले मनग्य आम्दानी हुन थालेपछि उनीहरु उत्साहित बनेका छन । पछिल्ले समय बारामा धमाधम होटल व्यवसाय फस्टाउँदै गइरहेको अवस्थामा लोकद च्याउ र आर्गनिक तरकारीकाको उत्पादनसँगै खपत समेत हुने गरेकै कारण युवा शक्ति बिदेश पलायन हुनु भन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनु पर्छ भन्दै हामी तिनजना मिलेर च्याउ खेति सग्गै अर्ग्यानिक तरकारी खेती र गड्यौला मल उत्पादन सुरुवात गरेको किरण ओझाले बताए ।
अस्ट्रेलिया को गड्यौलाको भुरा ल्याएर मल उतपादन र च्याउको खेती सुरुवात गरि सकेको छ भने दैनिक ६५ किलो जति च्याउ उत्पादन गर्दै आफै गाउँ गाउँ मा गएर बिक्रि गर्दै आएका छन ।थोरै लागानीबाट ब्यवासयी सुरु गर्न सकिने भएपछि च्याउ खेती गर्ने बाराका कृषकहरु बढ्न थालेको छ । कम मेहनत र लगानीमा छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा कृषकको आकर्षण बढेको हो ।
News Desk 0 response बिहिबार, फाल्गुन १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३





