• कोरोना महामारीले देश कै अवस्था भयावह बनाएको छ । तर यो भन्दा पनि भयावह अवस्था बनाएको छ, कोरोना संबनिध फैलाइएको भ्रमले । सरकारले जनचेतनाका नाममा करोडौं रुपैया खर्चिसकेको भएपनि ग्रामिण भेगमा यो रोग संबनिध सामान्य जानकारी छैन । बरु रोग बारे फैलाइएको भ्रमले समस्या विकराल बनाएको छ ।

    दृष्य हो, धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थित मुसहरी टोलको । जनकपुर उपमहानगरपालिकाबाट २२ किलोमिटर मात्र टाँढा रहेको यो गाँउका प्रायः हरेक घरमा मानिसहरु विरामी छन । अधिकाँशलाई ज्वरो लागेको छ, टाउको दुखेको छ तर उनीहरु सामान्य परिक्षण समेत गराउन मानेका छैनन । उनीहरुलाई डर लागिरहेको छ, कोरोना भएको प्रमाणित भएमा डाक्टरले सुई दिएर बेहोस बनाई उनीहरुको मृगौला निकालेर विक्री गरिदिनेछन ।

    मैथिली भाषामा यी महिला भन्दैछिन– सामाजिक सञ्जाल फेसबुकमा यस्तो जानकारी आएको उनले सुनेकी छन ।रघुनाथपुर गाँउमा विरामी भएकाहरुको उपचार स्थानीय क्वाकहरुले नै गरिरहेका छन । उनीहरुलाई मनपरी औषधी दिइएको छ जसले गर्दा कतिपयको अवस्था थप गम्भिर बनेको छ । रघुनाथपुर मात्रै नभई कमला नदीसँगै रहेको किरथपुरको अवस्था पनि उस्तै छ । यहाँका मानिसहरु पनि यस्तै भ्रममा छन ।

    कोरोना लागेकालाई डाक्टरले सुई दिएर मारिदिने यी बृद्धको बुझाई छ ।कोरोना महामारीलाई नियन्त्रण गर्न सबैभन्दा महत्वपुर्ण कुरा हो, जनचेतना । र यही जनचेतनाको नाममा सरकारले करोडौ रुपैया खर्चिसकेको छ । तर विशेष गरी शैक्षिक, आर्थिक र सामाजिक रुपमा विपन्नहरुसम्म यो चेतना अझै पुग्न सकेको छैन । गाँउमा धेरै मानिस विरामी परेको सुनेपछि पत्रकार वीपी साहले गाँउका मानिसहरुलाई डाकेर एउटा कोरोना नियन्त्रण समित बनाए । गाँउमा सबैको परिक्षण गर्ने र संक्रमितहरुको उपचार गराउने योजना बनाएर गाँउमा पुग्दा उनले भोग्नु परेको समस्या हो यो । कतिपय अवस्थामा त उनको टोलीले कुटाई खानु पर्ने अवस्था आएको छ भने कतिपय स्थानमा झडपको अवस्था आएको छ । जनचेतना बढाउन ग्रामिणस्तरमा पहल नै नभएको उनको बुझाई छ ।

    सरकारले कोरोना संक्रमितको संख्या दिनानुदिन घटेको तथ्याँक सार्वजनिक गरिरहेको छ । तर सत्य त यही हो कि संक्रमणको दर घटेको होइन, परिक्षण नै कम गरिएको हो अझ परिक्षण नै गरिएको छैन भन्दा अतिस्योक्ति नहोला ।महामारीबाट राजधानी मात्र सुरक्षित भएर समस्या समाधान हुँदैन, देशमा एक जना व्यक्ति पनि संक्रमित रहेसम्म कोरोना रहिरहन्छ । कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपुर्ण कुरा हो, जनचेतना । यसका साथै कोरोनाको नाममा भ्रम फैलाउनेको खोजी गरी कारवाही गर्न समेत उत्तिकै आवस्यक रहेको देखिएको छ ।

4565