• बाँकेका किसानको आसाको केन्द्र सिक्टा सिँचाई आयोजनाले गत वर्षदेखि नहरमा पानी छोड्न थालेको छ । यो वर्ष पानीलाई सदुपयोग गर्दै पहिलो पटक बाँकेका किसानले चैते धान लगाएका छन् ।बाँकेको कोहलपुर नगरपालिका वडा नं. १५ का किसान ज्ञानबहादुर नेपालले आफ्नै बारीको छेउमा बगेको सिक्टाको पानीलाई रामै्रसंग सदुपयोग गरेका छन् । उनले पहिलो पटक बाँकेमा चैते धानको खेती गरेर अन्य किसानहरुलाई प्रोत्साहित गरेका छन् ।

    सिक्टा सिँचाई संचालनमा आएपछि हिउदे मकै खेती पनि किसानहरुले गर्दै आएका छन् । २०६३ सालमा शुरु भएको सिक्टा सिँचाई आयोजनाले बाँकेको राप्ती नदिमा मूल व्यारेज निर्माण गरेर पश्चिम र पूर्वतर्फ मूल नहर, विभिन्न शाखा र प्रशाखा निर्माण गरेर पानी वितरण गर्ने योजना बनाएको छ । यो वर्ष वर्षातमा धान खेतीका लागि करीब ३० हजार हेक्टरमा पुग्ने गरी पानी वितरण गरिने आयोजनाले बताएको छ ।

    राष्ट्रिय गौरबको आयोजना सिक्टा पूर्णरुपमा संचालनमा आएपछि बाँकेका करीब ४४ हजार हेक्टर जमिन सिन्चित हुनेछन ।

4565