-
काठमाडौं जिल्लामा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताएकाछन् । बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यक बाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको बताएकाहुन । उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाडौं जिल्लामा निषेधाज्ञालाई कडाई गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरु खानै नपाईने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे ।
बिहान बेलुकी छाक टार्न नै समस्या पर्नेहरुका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रवन्ध मिलाएको उनेले बताए । उनले भने – ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालय मार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रवन्ध पनि गर्छौ ।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उनले बताए । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत् विक्रि वितरणको व्यवस्था मिलाउने उनले उल्लेख गरे । उनले भने – ‘जुन नगरपालिकाका नागरिक त्यस्तो आपत् विपत्मा पर्नुहुन्छ, उहाँहरुको सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाको मेयरसित सम्पर्क राख्ने व्यवस्था गर्नुभयो भने यो समस्याबाट समाधान हुन्छ । भोकले नै मर्ने स्थिति आयो भने प्रशासनलाई खबर गर्नुभयो भने हामी सरकारी संयन्त्र पनि छ, खाद्य संस्थान, साल्ट्र ट्रेडिङ कर्पोरेशन त्यो संस्थान मार्फत् हामी सँग पर्याप्त मौज्दात छ । विक्रि वितरणको व्यवस्था हामी मिलाउँछौँ । कुनैपनि नागरिकलाई चामल किन्न, दाल किन्न पाइएन । हामी भोकले मर्ने स्थिति आयो भन्ने अवस्था सिर्जना हुन दिदैनौँ त्यस्तो भ्रममा नपर्न अनुरोध छ । कोही भोकले मर्नै आट्यो अथवा खाद्यान्न किन्न पाइएन भने १०३ मा फोन गर्नुभो भने पनि हामी त्यसको व्यवस्थापन गर्नेछौँ ।’
प्रमुख जिल्ला अधिकारी पराजुलीले किर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, राधास्वामी सत्संग ब्यास नेपाल र मनमोहन अस्पतालमा निर्माण भइरहेको आइसोलेसन सेन्टरको अवलोकन समेत गरेका थिए । काठमाडौं जिल्लामा एक हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रीपरिषद्को निर्णय अनुसार विभिन्न ठाउँमा आइसोलेसन सेन्टर व्यवस्थापन गरेको पनि उनले जानकारी दिए ।
पराजुलीले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनशायले निषेधाज्ञा नगरिएको स्पष्ट पारे । प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको उनको भनाई छ ।
News Desk 0 response बुधबार, जेष्ठ १२, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३