-
इटहरी । अस्पतालहरूमा रगतको अभाव नहास भन्ने उदेश्यले नेपाः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा १५८ पिन्ट रगत संकलन भएको छ ।
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत इटहरी–६ स्थित सहकारी भवन अगाडि आयोजित रक्तदान कार्यक्रममा सहकारीका सदस्य, स्थानीय युवा, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रगतदान गरेका थिए ।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रम सहकारीका अध्यक्ष जितेन्द्र श्रेष्ठको अध्यक्षता तथा संस्थापक ज्येष्ठ सदस्य एवं पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक देव नारायण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अस्पतालहरूमा आवश्यक रगतको अभाव भइरहेका बेला मानव जीवन बचाउने उद्देश्यले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताए ।
उनले रक्तदानलाई सबैभन्दा ठूलो मानवीय सेवा भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आवश्यक हुने बताए ।
News Desk 0 response आइतवार, जेष्ठ १०, २०८३
सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।
कार्यक्रम संयोजक लाल वहादुर श्रेष्ठले रक्तदान कार्यक्रममा अपेक्षाभन्दा बढी सहभागिता रहेको जानकारी दिँदै संकलित रगतले बिरामीहरूको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति दिनेश भट्टराई, सल्लाहकार गुरुभक्त श्रेष्ठ, नेवाः मिसाः पुचः इटहरीकी अध्यक्ष कौशल्या श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममार्फत सहकारीले सामाजिक सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः उजागर गरेको सहभागीहरूले बताएका छन् ।
-
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३

इटहरीमा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम अन्तरक्रिया
बुधबार, जेष्ठ ६, २०८३
-
इटहरीमा विद्यालयका नर्सहरूसँग अनलाइन बालयौन दुर्व्यवहार रोकथाम अन्तरक्रिया
बुधबार, जेष्ठ ६, २०८३ -
कक्षा ११ भर्ना खुला : विश्व आदर्श कलेजमा जेठ ८ गते प्रवेश तथा छात्रवृत्ति..
बुधबार, जेष्ठ ६, २०८३ -
भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३