-
इटहरी । नेपाल राष्ट्रिय संयुक्त निवृत्त कर्मचारी संघ इटहरीले दोस्रो स्थापना दिवस, सम्मान तथा पुनर्गठन कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी–७ स्थित सेक्रेड हार्ट बोर्डिङ स्कुलको सभा हलमा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता तथा कोशी प्रदेशका मुख्य सचिव राजेन्द्र पौडेल को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
संघको स्थापना दिवसको अवसरमा ज्येष्ठ अभिभावक शिक्षाविद् लेखनाथ घिमिरे, ज्येष्ठमाता माया घिमिरे, असल सासु,श्रीमती विष्णु कुमारी प्रधान, एकल महिला रञ्जीता ढकाल तथा असल बुहारी कविता भट्टराईलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा संघका सचिव राजु गौतमले वर्षभरि सञ्चालन भएका गतिविधिको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा लोकदोहोरी गायिका गंगा गौतम तथा बाल कलाकार साइजा भट्टराई र कञ्चन रिमालले सांगीतिक प्रस्तुति दिँदा कार्यक्रम थप मनोरञ्जनात्मक बनेको थियो । विभिन्न साहित्यकारहरूले पनि साहित्यिक रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्य सचिव राजेन्द्र पौडेलले निवृत्त कर्मचारीहरू अनुभवको भण्डार भएकाले उनीहरूको ज्ञान र सीपलाई समाज तथा सरकारसँग जोड्न आवश्यक रहेको बताए ।
उनले निवृत्त कर्मचारीलाई व्यावसायिक तथा सिर्जनात्मक गतिविधिमा जोड्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकारले संघलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
News Desk 0 response आइतवार, जेष्ठ १०, २०८३
त्यस्तै अध्यक्ष कृष्ण प्रसाद नेपालले निवृत्त कर्मचारी तथा उनीहरूका परिवारलाई हौसला प्रदान गर्ने उद्देश्यले संघ सक्रिय रहेको बताउँदै अनुभवी व्यक्तिहरूलाई एकै ठाउँमा जुटाएर समाज रूपान्तरणमा योगदान पु¥याउने लक्ष्य रहेको बताए ।
सोही कार्यक्रमबाट कृष्ण प्रसाद नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । उपाध्यक्षमा धननारायण प्रधान र देवीमाया पौडेल रिमाल, सचिवमा पुण्यप्रसाद चौलागाईं, सहसचिवमा चिन्तामणि पौडेल तथा कोषाध्यक्षमा मोहनप्रसाद दाहाल चयन भएका छन् । सदस्यहरूमा रामप्रसाद अधिकारी, रञ्जीता ढकाल, टिका थापा, गोपाल गिरी, यज्ञराज दाहाल, रमेश कुमार गौतम, प्रेमकुमारी ढुंगाना र नेत्रविक्रम थापा रहेका छन् ।
संघले आगामी दिनमा निवृत्त कर्मचारीहरूको अनुभव, ज्ञान र क्षमतालाई समाज तथा राष्ट्र निर्माणमा उपयोग गर्दै विभिन्न सामाजिक, व्यावसायिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३