• विपक्षी गठबन्धनका शीर्ष नेताहरुका बीचमा सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा कानुनविद्हरु समेत उपस्थित थियो । बैठकमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए ।

    कांग्रेस नेता रमेश लेखकले रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको जानकारी दिए ।कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित विपक्षी गठबन्धनका १ सय ४६ सांसदले सोमबार रिट दायर गरेका छन् । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निष्कासित माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू बैठकमा उपस्थित थिए ।

4565