• प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनको आगामी बिहीबार र शुक्रबार प्रारम्भिक सुनुवाई हुने भएको छ । संवैधानिक इजलासमा नपरेका निवेदनहरूको आगामी बिहीबार सुनुवाइ हुनेछ भने संवैधानिक इजलासमा सुनुवाइ माग गरेका निवेदनहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

    सर्वोच्च अदालतले बिहीबार एकल इजलासमा सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीशले आफू वा जोकोही एकजना न्यायाधीशका लागि तोक्न सक्नेछन् । शुक्रबारको सुनुवाइ भने ५ सदस्यीय संवैधानिक इजलासमा नै हुनेछ ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । तीमध्ये १९ रिट साधारण इजलास र ११ रिट संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका छन् । विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसदले दायर गरेको रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजालसमा हुनेछ ।

4565