• देशभर कोरोना भाइरस कोभिड १९ को माहामारी व्यक्त छ । माहामारीको समयमा बिभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । यस्तो अवस्थामा बिकाश निर्माणको काम प्रभावित हुदै आएको छ । निर्माण व्यवसायीले काम गर्न नसक्ने भन्दै योजनाको काम ठप्प पार्दै आएका छन । तर पाँचथरको कुम्मायक गाउँपालिका निषेधाज्ञाकै बीच कालो पत्रेको कामले गति लिएको छ । निषेधाज्ञाकै बीच निर्माण कम्पनीले योजनाको १२ सय २७ मिटरमा कालो पत्रेको लागि प्राइम कोड लगाउँन थालेको छ ।

    यासोक सडक तथा ढल निर्माणको खण्ड १ को १२ सय २७ मिटरमा सवबेस र बेस सम्पन्न भएपछि निर्माण व्यवसायीले प्राइम कोड लगाउँदै आएको छ । प्राइम कोडपछि ट्याक कोड लगाएर कालो पत्रे गर्न काम सुरु गरिएको हो । निषेधाज्ञकै बीचमा कालो पत्रेको कामले गति लिएपछि स्थानीय हर्सित भएका छन ।

    योजनाको ३.४ किलोमिटर मध्ये २.२ किलोमिटरमा आरसिसि ढलान गरिने भएको छ । निर्माण स्थलमा नाली र सोलिङको काम अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको ढलानको काम पनि हुदै आएको छ । योजनाको पहिलो खण्डको १२ सय २७ मिटर पूरा भएपछि ६० प्रतिशत भौतिक प्रगति हुन्छ । त्यस्तै आर्थिक प्रगति २० प्रतिशत भएको देखिएको छ । योजना संचालन गरेको ८ महिनामा निर्माण कम्पनीले उल्लेखनीय प्रगति हासिल गरेको सहरी बिकाश भवन कार्यालय इलामले जनाएको छ ।
    बजारको १२ सय २७ मिटर बाहेक भित्री सडक २ सय ४७ मिटर, पृथ्वी माविसम्मको ८ सय ४७ र बजारदेखि खानेपानी कार्यालयसम्मको ८ सय ५० मिटरको खण्डमा कालो पत्रेका लागि अन्तिम चरणमा पुगेको भन्दै बाँकी योजनाको काम अघि बढ्ने निर्माण कम्पनीले जनाएको छ । जिल्लामा जेठ १७ गतेसम्म निषेधाज्ञाको जारी भएको छ । यस्तो अवस्थामा कालो पत्रेको काममा सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

    प्रदेश १ सरकारको १० करोड ५२ लाख ४५ हजार ३ सय ५५ रुपैयाँमा सहरी बिकाश तथा भवन कार्यालय इलाम मार्फत सियम कृष्ण लक्ष्मी जेभीले योजनाको ३.४ किलोमिटर सडकको ठेक्का पाएको छ । निषेधाज्ञाको समयमा पनि निरन्तर काम गरेको भन्दै स्थानीयले प्रशंसा गर्दै आएका छन ।

4565