-
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ ।
मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष कोरोनाका कारण छिट्टै बुङ्मती लगिएको हो । बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो थियो भने जेष्ठ १ गते सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथ तानिएको थियो ।उपत्यकाकै सवैभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा भने लगाएत दुई बर्ष कोरोनाका कारण प्रभावित हुँदै आएको छ ।
कोरोना संक्रमणकै कारण रातो मच्छिन्द्रनाथ छिट्टै बुङ्मती लगिएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताए । उनले सदियौँ वर्षदेखि चलाउँदै आएको परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि पटक–पटक क्षमापूजा गराएको जानकारी दिए ।
गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।
गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा र्कोटक नागराजासमेत कामरुप कामाख्या गइ रातो मच्छिन्द्रनागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती पाइन्छ ।आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ ।
News Desk 0 response बुधबार, जेष्ठ ५, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३