-
शेयर बजारमा नेप्से परिसूचक उकालो लागेर दिन दिनै नयाँ रेकर्ड कायम भएको छ । आइतबार ५४ दशमलव २६ अंकले बढेर उच्च विन्दुमा पुगेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि बढेर नयाँ रेकर्ड बनाएको छ । मंगलबार नेप्से ३४ दशमलव ६८ अंकले बढेर २७ सय ९३ दशमलव ८९ विन्दुमा पुगेको छ ।
कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएर नयाँ रेकर्ड बनेको छ । आज २१५ वटा कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएका अधिकाँश कम्पनीको शेयरमूल्य बढेको छ । होटल, फाइनान्स, हाइड्रोपावर र विकास बैंकमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आज ३४ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये ११ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशत र २३ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने उत्पादनमूलक उपसमूहमा मात्र गिरावट आएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन उपसमूहको सूचक ६ दशमलव १५ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स उपसमूहको सूचक ५ दशमलव ८६, हाइड्रोपावर उपसमूहको सूचक ३ दशमव ४९ प्रतिशत र विकास बैंक उपसमूहको सूचक ३ दशमलव ३३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा ६७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
News Desk 0 response मङ्लबार, जेष्ठ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





