• सेयर बजार परिसूचक नेप्सेमा आज उच्च अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५४ दशमलव २६ अंकले बढेर अहिलेसम्मको उच्च २ हजार ७ सय ३८ दशमलव ३५ विन्दुमा पुगेको छ । यस अघि नेप्से सूचकले २ हजार ७ सय ३५ दशमलव ४६ विन्दुको रेकर्ड कायम गरेको थियो ।

    आईतबार कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ । २१४ कम्पनीको २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४० करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । ८ वटा कम्पनीको शेयर मूल्य सर्किट लेभलमा वृद्ध भएको छ । सबैभन्दा बढी निर्जिवन बीमा उपसमूह ५ सय ८४ दशमलव २१ अंकले बढेको छ ।

    त्यसैगरी जीवन वीमा उपसमूह ५ सय २८ दशमलव ७८, विकास बैंक एक सय १२ दशमलव ५९, माइक्रोफाइनान्स १ सय ३ अंकले बढेको छ । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी एनसीसी बैंकको ३१ करोड ५७ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको २९ करोड, जलविद्युत लगानी तथा विकास कम्पनीको २५ करोड र शिखर इन्स्योरेन्सको २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

4565