• आइतबार शेयर बजारमा नेप्से परिसुचक अंकले बढेको छ । कोरोना महामारीका बीच अनलाइनमार्फत् भएको कारोबारमा नेप्से दुई दशमलव ०७ प्रतिशतले बढेर २६ सय ६५ दशमलव १० विन्दुमा पुगेको हो । आज कारोबार रकममा पनि सुधार आएको छ ।

    २ सय २६ कम्पनीको ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से बढेसँगै महिला लघुवित्त, विशाल बजार कम्पनी र सिंगटी हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ । सबैभन्दा बढी अन्य उपसमूहको परिसूचक ४ दशमलव ६३ प्रतिशत बढेको छ ।

    त्यसैगरी, जीवन बीमा, निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ ।सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ४२ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ४० करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

4565