-
खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किने क्रममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुपबाट हलेसी दर्शनका लागि आएको बा ३ ख ९२८५ नम्बरको बस तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना भएको हो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालिक अनिल तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको घुर्मीस्थित जनसेवा हेल्थ केयर र आस्था लाइफ केयरमा उपचार भइरहेको छ । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर रहेको छ ।
उनीहरुलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ । बसमा चालक र सह–चालकसहित ३५ जना सवार थिए । स्थानीय, प्रहरीचौकी च्यास्मीटार र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरीले दुर्घटनामा परेका घाइतेहरुको उद्धार गरेका थिए ।।
News Desk 0 response शनिबार, बैशाख ११, २०७८
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३





