-
दोलखा बिगु गाउँपालिका ८ खोपाचागु स्थित हिमालय माविका १ सय दुई जना छात्रछात्रा ज्वरो र रुघाखोकीका कारण बिरामी परेकाछन् । एक्कासि ठुलो संख्यामा बिरामी परे पछि बिद्यालय बन्द गराउन बिद्यालय प्रशासनले शिक्षा समन्वय इकाई दोलखामा जानकारी गराएको बिद्यालय प्रद्यानाध्यापक कालु जिरेलले बताए।
३ सय ९१ जना बिद्यार्थी रहेको बिद्यालयमा १ सय दुई जना बिद्यार्थी र ६ जना शिक्षक ज्वरो, रुघाखोकीका कारण बिरामी परेका बताउदै प्रअ जिरेले भने ‘ एक जना शिक्षकलाई पखला लागेकोछ ।’ विद्यालयमा स्टाप नर्स रहेकोले बिद्यार्थीको नियमित चेक जाँच गर्दा दैनिक रुपमा ज्वरो र रुघाखोकी लाग्ने बिद्यार्थीको संख्या बढेको जिरेलले बताए ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाले शिक्षा समन्वय इकाईका प्रमुख शंकर बाबु श्रेष्ठले ३ सय ९१ जना बिद्यार्थी मध्ये १ सय दुई जना बिद्यार्थी र ६ जना शिक्षक ज्वरो, रुघाखोकीका कारण बिरामी परेको जानकारी गराउन साथ गृहमन्त्रालयलाई तत्काल पत्र लेखी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले बताए ।
“ जिल्ला स्वास्थ्य कार्यालय र बिगुगाउँपालिकाको स्वास्थ्य शाखा लाई सो स्थानमा पुगी तत्काल अबस्थाको जानकारी गराउदै स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छु ।” तिवारीले भने । बालबालिकाले छिटो भन्दा छिटो स्वास्थ्य सेवा पाउने तिवारीले जानकारी दिए ।
News Desk 0 response बिहिबार, बैशाख २, २०७८
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३





