-
नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पु¥याएपनि सरकारी बेवास्ताको कारण प्रयाप्त काम गर्न नसकेको गुनासो गरेका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले देश भित्र नै मेसिनको उत्पादन गर्न सके किसानलाई थप सहज हुने बताएका छन् । कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयंभूकृष्ण श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले दिने अनुदान सहुलियतमा एकरुपता हुनुपर्ने बताउनुभयो ।
अर्का व्यवसायी कृष्ण शर्माले नेपालमा अत्याधुनिक कृषि मेसिनरीको प्रयोग बढ्दो रहेको बताउनुभयो । सरकारले कृषिको आधुनिकीकरण र मेसिनरी प्रयोगमा सामयिक नीति र ऐन ल्याउन आवश्यक रहेको बताउनुभयो । समयमा नै नीति बनाई लागू गर्न सके विदेशबाट आयात भइरहेको कृषि उपजलाई रोक्न सकिने बताउनुभयो ।
व्यवसायी तुलवीर विष्ट र डील बहादुर रोकायाले किसानहरुलाई आधुनिक कृषि मेसिनरीको प्रयोग गर्न सिकाउन आवश्यक रहेको बताउनुभयो । सरकार तथा विभिन्न संघ संस्थाले वितरण गर्ने कृषि मेसिनरीको प्राविधिक ज्ञान नहुँदा राम्रोसँग प्रयोग नभएको बताउनुभयो ।व्यवसायीहरुले हरेक वर्ष देशका विभिन्न शहरहरुमा कृषि यान्त्रिकरण मेला पनि गर्दै आएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३ -
इटहरीरसमुदायमाआधारभूत ध्वन्यात्मक अंग्रेजी शिक्षक तालिम सुरु
शुक्रबार, बैशाख ११, २०८३

मङ्लबार, बैशाख १५, २०८३