-
मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा गरेको छ । पर्साको ठोरीमा आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे । तराई मधेशको मिनी उपत्यकाको नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको छ ।
सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विस्वास लिइएको मधेश प्रदेश सरकारका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्माले जानकारी दिए। ठोरीलाई आयोजित विशेष पर्यटकीयस्थल घोषणा कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका विभिन्न मन्त्री, उच्च पदस्थ कर्मचारी, अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो । केही दिन अगाडि मात्र ठोरी पुगेका मधेश प्रदेशका मुख्यमन्त्री राउतले ठोरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र सङ्घ सरकारको ध्यान नपुग्दा यस ठाउँको विकास अपेक्षित ढङ्गले हुन सकेको तर मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ । भारतसँग सिमानाका जोडिएको कारण पनि यहाँ दिनहु हजारौँको सङ्ख्यामा भारतीय र देशका अन्य ठाउँबाट पर्यटक आउने गरेका छन् । जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ । नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन् ।रासस
News Desk 0 response शुक्रबार, चैत्र ११, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३





