• मोरङको लेटाङको फूर्केटार नजिकै रहेको झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । फूर्केटारबाट आधा घण्टाको पैदल यात्रामा पुगिने झरनासम्म पर्यटकीय पूर्वाधा्र निर्माण गर्न सके लेटाङकै उत्कृष्ट गन्तब्य बन्ने सम्भावना समेत रहेको छ ।

    मोरङको लेटाङ नगरपालिका वडा नम्बर ७ फूर्केटार नजिकै रहेको मनमोहक तक्चुवा झरनाको प्रचार प्रसार साथै बाटो बन्न सके पर्यटकको राम्रो गन्तब्य हुने छ । फूर्केटार बाट आधा घण्टाको पैदल यात्रामा पुगिने झरना करिव २० मिटर उचाइको रहेको छ । यो झरना सुख्खा याममा समेत निकै मनामोहक देखिन्छ । छेउछाउमा अन्य धेरै साना झरना पनि छन् । तर त्यहाँसम्म पूग्ने बाटो छैन । झरनासम्म पुग्ने बाटो बनाएर प्रचारप्रचार गर्न सके पर्यटक बढने स्थानीयको भनाइ छ ।

    फूर्केटारमा लघु जलविद्युत आयोजना समेत सञ्चालनमा छ । उनीहरुले आफ्नै लागतमा विद्युत आयोजना सञ्चालन गरेर उपभोग गरिरहेका हुन। फूर्केटारबासीले विद्युत आयोजनाको क्षमता बढाएर चौबिसैघन्टा विद्युत सेवा उपयोग गर्ने स्थानीयको अपेक्षा छ ।

    स्थानीय सरकारले विद्युत आयोजना सञ्चालन र मर्मत खर्चमा सहयोग नगरेको स्थानीयको गुनासो छ । झरना भन्दा केही तल यस ठाउँको ऐतिहासिक साँस्कृतिक महत्वको बोकेको धार्मिक स्थल देवीस्थान छ । देवीथान सँगै गुफा पनि छ । परापूर्वकालदेखि निकै महत्व बोकेको यो ठाउँलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने फूर्केटारबासीको चाहाना छ । तक्चूवा झरना, देवीथान र गुफा भएको क्षेत्रमा बाटो लगायतका आवश्यक भौतिक संरचना निर्माण गरि प्रचार प्रसार गर्न सके फूर्केटार एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा पनी परिचित हुने स्थानीयको अपेक्षा छ ।

4565