-
सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङलाई एक स्ट्रोकले हराउदै भुवन नगरकपटी सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन ।बिहिबार अन्तिम दिन दुई ओभर ७४ अंक जोडेपनि समग्रमा सात अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन।
अन्तिम अठार होलको खेलको सुरुवात गर्दा भुवनसँग दुई स्ट्रोकको अग्रता थियो।दनलाई चुनौती दिएका शुक्र बहादुर राईले ब्याक नाइनमा बिर्सनलायक खेले र उनी उपाधि होडबाट बाहिरिए। एमेच्योर खेलाडी सुबाशले भने चुनौती दिए तर पनि भुवनले एक स्ट्रोकलर बाजी मारे । भुवनले फ्रन्ट नाईन दई ओभर ३८ मा सकाए। बमताक नाइन इभन पार ३६ मा सकाउदै दुई ओभर ७४ अंक जोडे। तेस्रो र चौथो दिन लगातार दुई ओभर खेलेपनि पहिलो दिनको आठ अन्डर र दोस्रो दिनको तीन अन्डरको प्रदर्शनले भुवन उपाधिको हकदार बने।
उपाधिसँगै उनले एक लाख ३० हजार प्राप्त गरे । सुबाशले एक अन्डर ७१ को समकोरकार्ड तयार पारे र समग्रमा आठ अन्डर २८२ को नतिजामा दोस्रो भए। उनी मात्र एक स्ट्रोकले चुके। सुबाश एमेच्योर तर्फ च्याम्पियन बने । एमेच्योर सुबाश दोस्रो हुदा पाँच ओभर ७७ अंक बनाएका शुक्र राईले समग्रमा दुई अन्डर २८६ अंक सहित तेस्रो स्थानमा चित बुझाए। उनले अन्तिम दुन बमयान नाइनमा बिर्सनलायक खेल खेले।
उनले नगद ८४ हजार प्राप्त गरे । दुई ओभर ७४ अंक सहित समग्रमा दुई ओभर २९० अंक जोडेका सञ्जय लामा चौथो भए। उनले ६० हजार प्राप्त गरे। कुल सात लाख २५ हजार नगद पुरस्कार राशिको चार दिने प्रतियोगितामा २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे। यो पटक ४४ प्रोफेसनल र १७ एमेच्योर खेलाडी गरी कुल ६१ खेलाडीको सहभागिता रहेको थियो। जुन टुरकै इतिहासमा सर्वाधिक खेलाडीको सहभागिता पनि हो।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३