-
चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिदा समेत कर्णाली प्रदेश सरकारले निकै न्यून बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको आठ महिनामा कूल विनियोजित बजेटको १६ दशमलव १३ प्रतिशत मात्र कार्यान्वयन गरेको हो ।
चालु र पुँजीगत गरी पाँच अर्ब ९२ करोड ७३ लाख ८६ हजार एक सय ३६ रूपैयाँ खर्च भएको छ । चालु वर्षका लागि कर्णाली सरकारले ३६ अर्ब ७४ करोड ६७ लाख ७१ हजार बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । तर, बजेट खर्चमा भने उल्लेखनीय प्रगति देखिएको छैन ।
अबका चार महिनामा सरकारले ८४ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ । हालसम्मको अवस्था हेर्दा यो पटक पनि बजेट खर्चको लक्ष्य भेट्न मुस्किल हुने निश्चित छ । कर्णाली सरकारको पुँजीगत खर्चको तथ्याङ्क झनै निराशाजनक छ ।
सरकारले बजेट खर्चमा वृद्धि गर्न विभिन्न योजना अघि सारेपनि अवस्थामा अपेक्षाकृत सुधार हुन सकेको छैन । अन्य मन्त्रालयको तुलनामा विकास बजेट बढी हुने भौतिक पूर्वाधार तथा शहरी बिकास मन्त्रालयको बजेट खर्च पनि निराशाजनक छ ।मन्त्रालयका लागि विनियोजित बजेटको ११ दशमलव ४७ प्रतिशत मात्र खर्च भएको छ ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३