• पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै बिद्यार्थीहरुले नेपाल आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगम घेराउ गरेका हो । उनीहरुले मूल्य वृद्धि खारेज गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

    बिद्यार्थीले बिद्युतिय सामाग्री प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने माग समेत गरे ।

4565