-
वीरगञ्ज युथ युनाईटेड र चर्च ब्वाइजले राजधानीमा जारी सहिद स्मारक सि डिभिजिन लिगमा बुधबार जित निकालेका छन् ।सातदोबाटो स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा वीरगञ्जले झापा एफसीलाई १–० ले पराजित गर्दा अर्को खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–१ ले स्तब्ध बनाएको हो ।
वीरगञ्जलाई जिताउनका लागि कप्तान कृष्ण शाक्यले ५३औं मिनेटमा गरेको गोल निर्णायक भएको थियो । अर्को खेलमा चर्च ब्वाइजलाई सुखद नतिजा दिलाउन सोम थापाले ५२औ, साइमोन लिम्बुले ८८औं तथा इन्द्र जुङ लिम्बुले इन्जुरी समयमा एक एक गोल गरेका थिए । प्लानिङका लागि कृष्ण गिरिले ५५ औं मिनेटमा गोल फर्काएका थिए ।
बुधबार भएका खेलमा जित निकालेका वीरगञ्ज र चर्च ब्वाइजले जारी लिगमा लगातार दोस्रो जित निकालेका हुन् ।लिगमा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेल खालीबारी युथ फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र तथा दोस्रो खेल ओएसिस क्लब र स्वयम्भू क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल एन्फा मुख्यालयमा हुनेछन् ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३