-
राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी (अप्पर तामाकोशी) जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको आयोजनाले २०६७ साल भदौदेखि निर्माण सुरु गरेको थियो । आयोजनाले निर्माण सुरु गरेको १० वर्षपछि २०७८ साल वैशाखदेखि पहिलो परीक्षणको उत्पादन सुरु गर्ने तयारी गरेर गरिरहेको छ ।
आयोजनाका अनुसार आयोजनाको कठिन मानिएका संरचनाअन्तर्गत तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको चार सय ५६ मेगावाटको आयोजनाको आंशिकबाहेक सबै निर्माण सम्पन्न भएको छ । बाँकी रहेको एक्पान्सन ज्वाइन्टको सट्टामा प्रयोग हुने पाइप जडान कार्य चैत महिनाभित्र सम्पन्न गरेर बैशाखमा परिक्षण उत्पादन गर्ने योजना रहेको आयोजना प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाको यो मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य चैतदेखि सुरु हुनेछ । वेट टेस्ट भनिने यो परीक्षणमा आयोजनाले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा लागेको उनले जानकारी दिए ।
करिब १५ दिन लाग्ने सो परीक्षणपछि सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने तयारी रहेको छ । अहिले विद्युतगृह निर्माण टर्बाइन, ट्रान्सफर्मरको जडान सकिएको छ । आयोजनाले हेडवक्सका अधिकाँस संरचनाहरु तथा विद्युत् गृह भित्रको एमएसओभी ९ठाडो सुरुङबाट पानी ठोक्किने स्थान( र एमआईभी ९६ ओटा टर्वाइनमा पानी बाँडिएर जाने स्थान) को प्रेसर परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाको प्रसारण लाईनको काम करीब सकिएको आयोजनाले बताएको छ । फुलासी सबस्टेशनको सिभिल संरचनाको काम समाप्त भइ उपकरण जडानको काम भइरहेको छ ।
यो आयोजनाबाट वार्षिक औसत दुई हजार दुई सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड बहावमा डिजाइन गरिएको यो आयोजनाको बाँधक्षेत्र मात्र एक हजार सात सय ४५ वर्गमिटर छ । जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ ।
भूमिगत विद्युतगृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजना निर्माण गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ निर्धारण गरिएको थियो तर निर्माण अवधि लम्बिँदै जाने, अमेरिकी डलर पनि महँगिँदै जाँदा आयोजनाको लागत भने बढेको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३





