• साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ३९ दशमलव ४० अंक घटेर २ हजार ६९३ दशमलव १० विन्दुमा झरेको छ ।

    त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ९९ अंक, फ्लोट इण्डेक्स ३ दशमलव ०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ३७ अंक घटेको छ । आइतबार २३० कम्पनीको ७१ लाख २२ हजार कित्ता शेयर ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

4565