-
धरानका भूमिहिन तथा सुकुम्बासीलाई जग्गा प्रदान गर्ने कार्य अघि बढेको छ । पहिले गरिएको लगत संकलन र अहिले थप भएका भूमिहिनका लागि जग्गा वितरण गर्न लागिएको हो । भूमि आयोग र धरान नगरपालिकाबीच भएको सम्झौताले भूमिहिन तथा सुकुम्बासीहरु खुशी भएका छन् ।
धरानमा रहेका भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि राष्ट्रिय भूमि आयोग र धरान उपमहानगरपालिकाबीच सम्झौता भएको छ । धरान उपमहानगरपालिकाको कार्यपालिका वैठकमा आयोगका केन्दीय अध्यक्ष केशव निरौला र धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले सम्झौता पत्रमा हस्तार गरेका छन् । भूमि आयोग गठन भएको लामो समयसम्म पनि सुकुम्बासी समस्या समाधान हुन नसक्दा २२ औं आयोगले यसलाई सम्पन्न गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
धरान उपमहानगरपालिकाले सुकुम्बासी तथा भूमिहीनलाई लालपूर्जा प्रदान गर्न तत्कालिन मेयर स्व. तारा सुब्बाले धरान १३ राई टोलका सुकुम्बासी तथा भूमिहीनलाई घर नम्बर दिन पहल थालेका थिए । राष्ट्रिय भूमि आयोग नेपालका अध्यक्ष केशव निरौलाले समेत यो आयोगले अहिलेका भूमिहिन सुकुम्बासीको समस्यामा गम्भीर लाग्ने बताएपछि भूमिहीन सुकुम्बासीहरु आयोगप्रति अझ विश्वास बढेर गएको छ ।
यता धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलेविगतमा थाँति रहेको कामबाटै लगत संकलन गर्ने कामलाई तिरन्तता दिने बताए । उनले आयोगसँग गरिएको सम्झौता पूर्ण रुपमा उपमहानगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले धरानमा रहेका भूमिहीन सुकुम्बासीलाई धरान उपमहानगरपालिकाले पूर्जा वितरण गरेर सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यता विगतदेखि नै भूमिहीन सुकुम्बासीको विषयमा आवाज उठाउदै आएका अभियन्ता सुवास राईले नेपालभर हालसम्म आयोगले १ लाख ४२ हजार विगाह जग्गा वितरण गरेको आफूहरुको तथ्यांकमा रहको बताए । केहीले पाए तर अझै पनि स्थायी प्रतिको धनीपूर्जा पाउन नसकेको उनको गुनासो थियो ।
तर यो सम्झौतापछि धरानमा कुनैपनि सुकुम्बासी र भूमिहीन नभई सबै धरानबासी हुने विश्वास सो अवसरमा व्यक्त गरिएको छ । यसले सुकुम्बासीहरुलाई केही आशा जागेपनि कही कतै शंसकित भने अझै रहेको देखिन्छ । अहिलेको आयोगले धरानको भूमिहीन सुकुम्बासी समस्या समाधान हुनेमा सबैले विश्वास गरेका छन् ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३ -
अहमदिया संघ नेपालद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
बुधबार, बैशाख २, २०८३
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
प्रिमियम डिजाइन र नयाँ फिचरसहित गोवन क्लासिक ३५० सार्वजनिक
बुधबार, बैशाख २, २०८३





