-
सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचकसँगै मंगलबार कारोबार रकम समेत वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १९.२९ अंकले बढेर २ हजार ८९१.३४ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स ३.९८ ले बढेको भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।
आज कारोबारमा आएका २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै नेप्से कारोबारमा १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक बढेको छ भने बाँकी ४ उपसमूहको सूचकमा गिरावट आएको छ । आज अधिकांश हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
प्रायः सबै हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा जलविद्युत उपसमूहको सूचक ३.२२ प्रतिशतले बढेको छ । विकास बैंक उपसमूहको उपसूचक १.६१ प्रतिशत, फाइनान्स उपसमूहको उपसूचक १.४८ प्रतिशतले बढेको छ । अन्य बाँकी उपसमूहको उपसूचक एक प्रतिशत भन्दा कमले बढेको छ । आज सबै भन्दाबढी व्यापार उपसमूहको सूचक ०.५३ प्रतिशतले गिरावट आएको छ ।
मंगलबार विन लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९९ प्रतिशत, नेश्नल हाइड्रोपावरको ७.५० प्रतिशत र मैलुङ खोला जलविद्युतको ५.५२ प्रतिशतले बढेको छ । तर, नेरुडे लघुवित्तको ३.१७, माइक्रोफाइनान्सको २.२८, सिभिल लघुवित्तको २.१२ प्रतिशतले घटेको छ ।
आज कारोबारको आधारमा नेश्नल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको ३७ करोड १४ लाख र अपि पावरको ३५ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
News Desk 0 response मङ्लबार, माघ १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





