-
साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक घटेको छ ।
बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्सेको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक राताम्मे भएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ भने यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा २ प्रतिशत भन्दाकमले गिरावट आएको छ ।
नेप्से परिसूचक गिरावट आए पनि बुधबार विन लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य भने सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यता सिइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको शेयर मूल्य बढेको छ । तर पोखरा फाइनान्सको सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको छ । सेन्ट्रल फाइनान्स, मानुषि लघुवित्त, समृद्धि फाइनान्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेको छ ।
आज कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख र अपर तामाकोशीको १० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
News Desk 0 response बुधबार, माघ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





